आज कति छ सुनको मूल्य ?

नेपालमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० रहेकोमा बिहीबार पनि रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० रहेकामा बिहीबार प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार २९५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३०५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार