मृत अवस्थामा १२ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थमा फेला परेकी छिन् ।

गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डि.एम.गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । त्यस्तै पर्वत, मोदी गाउँपालिका-६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, ब्यास नगरपालिका-५ सिसौघारीस्थित मादी नदीको किनारमा सोही नगरपालिका-१० कुमालटारी बस्ने ४६ वर्षीया मंगली बोटे बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै रूकुम(पश्चिम), आठबिसकोट नगरपालिका-५ सल्यान डाँडाको जंगलमा सोही ठाउँ बस्ने ३५ वर्षीया नन्द कुमारी बिक बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी काभ्रे, नमोबुद्ध नगरपालिका-९ पन्द्रबेशीस्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता धनुषा, जनकपुर उपमहानगरपालिका-९ स्थित तेली समाजको साह धर्मशाला भवनमा सोही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय जागिर कबारी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुल मुनि खोलामा सोही ठाउँ बस्ने ७४ वर्षीय छत्र बहादुर लिम्बु बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-४ तुरिया बस्ने ५५ वर्षीय अमर बहादुर गाहा छिमेकीको करेसावारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, विर्तामोड नगरपालिका-१० सातडिग्री खेतखोला नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानवसेवा आश्रममा बस्दै आएका भारत बिहार घर भएका अन्दाजी ६५ वर्षीय रबिन्द्र मानव सोही आश्रममा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-१२ चुचेढुङगास्थित रोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार