विभिन्न कार्यक्रमसहित सिभिल बैंकले मनायो आफ्नो बाह्रौं वार्षिकोत्सव

 

सिभिल बैंक लिमिटेडले देशैभरि विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



वार्षिकोत्सवको अवसर पारी बैंकले देशका विभिन्न छ स्थानहरूमा ‘यो क्यासलेस’ अभियान, जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन, याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ, रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम, वित्तिय साक्षरता कार्यक्रम, कार्तिक नाँचलाई आर्थिक सहयोग, नेपाल बाल संगठनलाई आर्थिक सहयोग, निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग, राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग तथा बेगनाश तालमा लाईफ ज्याकेट हस्तान्तरणजस्ता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

‘गो क्यासलेस’ अभियान
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नीति अनुरुप बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ, जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो वाह्रांै वार्षिकोत्सवको दिनमा गरेको छ भने वार्षिकोत्सवको लगत्तैपछि नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने कुरा बैंकले जनाएको छ ।

जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोर्याउन मद्दत पुग्ने बताए ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले– नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य रहेको कुराको जानकारी दिए ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेशबहादुर मल्ल, शम्भूप्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।

 

सम्बन्धित समाचार