नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ ।
काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनपती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् ।
वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।