सिभिल बैंकले थालनी गर्यो डिजिटल सुदुरपश्चिम अभियान

 

सिभिल बैंकले २०७९ मंसिर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम विहीबार डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी थिइन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदुरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्र मै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्र्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने कुराको पनि जानकारी दिइन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले ‘डिजिटल सुदुर पश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टमकै विकास गर्नु पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी ग¥यौं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको’ विश्वास व्यक्त गरे ।

त्यस्तै, महेन्द्रनगरमा आयोजित ुडिजिटल सुदूरपश्चिमु प्रतिनिधिसभा सदस्य तथा पूर्व माननीय मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

प्रमुख आतिथि तथा प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरु अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्रकै उत्पादकत्व बढाउन सकिने अभिमत राखे ।

सम्बन्धित समाचार