भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

 

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो ।



बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छ भने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटाउन या नघटाउने त्यसबारे कुनै छलफल नभएको बताइएको छ ।

नेपालमा मूल्य घटाउने सन्दर्भमा नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अहिले कुनै ट्ङ्गो नभएको र निगमले चाँडै विज्ञप्ति निकालेर जानकारी गराउने बताए ।

सम्बन्धित समाचार