नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी गो क्यासलेस अभियान आरम्भ गरेको बैंकले जनाएको छ ।

जानकीमा आयोजित गो क्यासलेस अभियानको उदघाटन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतीदेवी कठरीयाको प्रमुख आतिथ्यतामा तथा नेपालगन्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।



जानकीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यवाद प्रदान गरिन् ।

त्यसैगरी नेपालगत्तजमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुन अतिथि नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईले डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुविधासँगै सुरक्षा प्रदान गरेको कुरा व्यक्त गरे ।
कार्यक्रममा सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले– जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणको समीक्षा गरेर फजुल खर्चलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने अभिमत राखे ।

सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी चालीस हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरिसकेको कुरा पनि वैंकले जनाएको छ ।

सम्बन्धित समाचार