सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (मंगलबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० रहेकोमा सोमबार रु ९९ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रहेकामा सोमबार प्रतितोला रु ९९ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा ३५ रुपैयाँ घट्दै एक हजार ३५० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३८५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार