नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१२ कालिमाटी पुल मुनी सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङ, लमही नगरपालिका-६ देउखुरीस्थित खेतमा सोही नगरपालिका-५ कोलनी बस्ने ४५ वर्षीय लचवा चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, क्वोहोलासोथार गाउँपालिका-८ मपिङ बस्ने ५१ वर्षीय ओमर बहादुर गुरुङ सोही ठाउँस्थित मपिङ सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा दाउरा काट्न गएका उनी घर फर्किनआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता बारा, आदर्शकोतवाल गाउँपालिका-३ बतरा डिह टोल बस्ने २२ वर्षीया लक्ष्मीनिया देवी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी ललितपुर, गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ५० वर्षीय कान्छा तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-२ इमाडोल हिल भिउ हाउजिङस्थित कर्मनाश खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

