आज कति छ सुनको मूल्य ?

नेपालमा आज (बुधबार) सुनको मूल्य स्थिर छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० रहेकोमा मंगलबार पनि रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रहेकामा मंगलबार पनि प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै मंगलबारको मूल्य अनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार