सुनको मूल्य एक लाख नाघ्यो, आज कति छ तोलाको ?

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ६०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख नाघेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रहेकोमा बिहीबार रु ९९ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा बिहीबार प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार ३९० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार