साहित्यकार पुडासैनीको यात्रा निबन्ध ‘डोल्पो ओ डोल्पो’ लोकार्पण

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को यात्रा निबन्ध ‘डोल्पो ओ डोल्पो’ बुधबार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक डाक्टर रमेश भट्टराईले उक्त यात्रा निबन्ध जस्तै निबन्धको खोजी गरिरहे पनि आज आएर बल्ल भेटिएको बताए । साझा प्रकाशनबाट प्रकाशित उक्त कृति साहित्यकार पुडासैनीले डोल्पाको यात्रालाई स्मरण गर्दै लेखेका हुन् । त्यस्तै कार्यक्रममा साहित्यकार पुडासैनीले श्रीबाबु कार्कीको ‘संग्दिध शताब्दी पनि लोकार्पण गरेका थिए ।



साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि भूभी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मी, प्राध्यापक निलमणि ढुंगाना, साहित्यकार किशोर, श्रीबाबु कार्की साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेललगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार