यस साता सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख नाघ्यो

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य १२०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० र तेजाबी सुनको मूल्य ९८ हजार ६०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । हिजो (शुक्रबार) एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार एक हजार ३४५ रुपैयाँ थियो ।

 

सम्बन्धित समाचार