नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा रहेको छ ।देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानीअपनाउन महाशाखाले अनुरोध गरेको छ ।

