नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१३ स्थित विजयपुर खोलाको बगरमा सोही महानगरपालिका कञ्चनटोल बस्ने ४५ वर्षीया मन कुमारी केसी आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै पर्वत, जलजला गाउँपालिका-२ आरू बोटस्थित बारीमा सोही गाउँपालिका-५ लेखफाँट बस्ने ६४ वर्षीय दल बहादुर जिसी आइतबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, भक्तपुर नगरपालिका-६ स्थित ढुंगेधारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै अर्घाखाँची, छत्रदेव गाउँपालिका-१ टुमचौर बस्ने ७५ वर्षीय बल बहादुर सार्की आफ्नै घरको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी धनुषा, धनौजी गाउँपालिका-१ लखौरीस्थित खाल्टोमा सोही ठाउँ बस्ने भोला महतोकी छोरी २ वर्षीया पुजा कुमारी महतो आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यता दार्चुला, शैल्यशिखर नगरपालिका-१ स्थित निग्ला जंगलमा हाल नाम, थर, वतन नखुलेको पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

