नक्कली नोट सहित पक्राउ

कैलालीबाट नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन् । पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनिआएका उनले उक्त नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार