नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रहेकोमा बुधबार रु १ लाख १ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा बुधबार प्रतितोला रु १ लाख ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ३८० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।