मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँ, भानु नगरपालिका-२ आमबोटेस्थित डुम्रे बेशिशहर सडकको नालीमा सोही ठाउँ बस्ने ६२ वर्षीय भोटे सार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता दैलेख, महाबु गाउँपालिका-३ बासी बस्ने ५७ वर्षीय राज बहादुर शाही सोही ठाउँस्थित सडक नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कास्की, पोखरा महानगरपालिका-२९ पट्नेरी पुलस्थित सेती नदीमा सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ७४ वर्षीय नन्दराम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार