पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर समान ३-३ रुपैयाँले घटाएको हो । निगमले मूल्य घटाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १८१ र डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७८ थियो ।



नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । त्यस्तै निगमले हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल हवाई इन्धन (आन्तरिक) को रु १९०, हवाई इन्धन (बाह्य)को एक दशमलव ६४५ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।

यस्तै निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो ।

यस्तो छ मूल्यसूची :

यस्तो छ मूल्यसूची :

सम्बन्धित समाचार