यस साता कतिले घट्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य घटेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । हिजो (शुक्रबार) एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार एक हजार ३९० रुपैयाँ थियो ।

 

सम्बन्धित समाचार