कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले तारकेश्वर नगरपालिका काभ्रेस्थली स्वास्थ्य चौकी –२ मा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त शिविर कार्यक्रम तारकेश्वर नगरपालिका काभ्रेस्थली वडा कार्यालय २, काभ्रेस्थली स्वास्थ्य चौकी, नेपाल स्वयमसेवी रक्तदाता समाज र काभ्रेस्थली हाम्रो कृषि समूहको समन्वयनमा गरिएको हो । शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञ टोलीले परामर्श सेवा दिएका थिए ।



शिविरमा निःशुल्क प्याप स्मियर टेस्ट,  औषधी वितरण,  पि.एफ.टी टेस्ट साथै दन्त रोग सम्बन्धी जनचेतना कार्यक्रम र दम रोगका विरामीहरुलाई पि.एफ.टी. द्वारा औषधी लिने प्रशिक्षण तालिम आदि सेवाहरु दिइएको थियो । यस शिविरमा ५०० भन्दा बढी विरामीहरुले स्वास्थ्य लाभ लिएको अस्पतालका सीओओ रोजिका प्रधानले जानकारी दिइन् ।

सम्बन्धित समाचार