सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक नीरा ताल्चा भडँेल प्रनुख अतिथि रहेका कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वासराज अर्याललगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरु र विभिन्न कलेजका विद्यार्थीहरूहरुको उपस्थिति थियो ।



प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरेकी थिइन् ।

सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यूआर कोडबाट नै गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यूआर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगदरहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको संचय हुने कुरा बताइन् ।

सम्बन्धित समाचार