जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार राती २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमामोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय प्रताप तामाङ रहेका छन् । उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका-७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाटखटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार