नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १ हजार ४११ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७१२ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८८ हजार ९१८ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ९५३ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१५ जना पुगेको छ ।