
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै झापा, मेचिनगर नगरपालिका-१३ चारआली जंगलस्थित असारी घारीमा झापा अर्जुनधारा नगरपालिका-११ बस्ने ५२ वर्षीय नेत्र कुमार इङनम लिम्बु र उनकै श्रीमती ४२ वर्षीय सन्जु लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, बर्दगोरीया गाउँपालिका-३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडीको नालामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै रोल्पा, रोल्पा नगरपालिका-१ धारापानी बस्ने ६५ वर्षीया कली बिक सोही ठाउँ भैसिगैरास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । आफ्नै घर नजिकैको जंगलमा घाँस काट्न गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

