सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बिहीबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० रहेकोमा बुधबार रु १ लाख १ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रहेकामा बुधबार प्रतितोला रु १ लाख ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ४०५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १ हजार ८१८ दशमलव ४० डलरमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित समाचार