मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण स्थित सहयोगी माविको निर्माण भइरहेको टहरामा हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ हलचोकस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका-१ जितपुर चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार