आज कति छ सुनको मूल्य ?

नेपालमा आज (सोमबार) सुनको मूल्य स्थिर छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५०० रहेकोमा आइतबार पनि रु १ लाख ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रहेकामा आइतबार पनि प्रतितोला रु १ लाख मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबारको मूल्यअनुसार नै कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार