ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विस्फाेटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।

ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विस्फाेट भएको अधिकारीहरूले बताएका छन् ।घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन् ।



विस्फाेटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगामी साता सार्वजनिक गरिनेछ ।

 

सम्बन्धित समाचार