नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित लामपोखरीमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४९ वर्षीय सागर शाह आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल भत्केको पुलस्थित निर्माणाधिन घरमा काम गर्ने सिन्धुली घर भएका ३५ वर्षीय तेज नारायण दनुवार सोही स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता बारा, कलैया उपमहानगरपालिका-१ राजदेबी टोल बस्ने ५२ वर्षीय अमन्त घिमिरे सोही उपमहानगरपालिका-४ जानकी हलस्थित घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका-१५ चौधरी चोकमा सोही उपमहानगरपालिका काटा टोल बस्ने ७० वर्षीय सेते भन्ने कृष्ण बहादुर बिक आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ओखलढुङ्गा, मोलुङ गाउँपालिका-७ जेसे बस्ने छोटी शेर्पाको छोरा ५ वर्षीय पेम्बा साङ्गे शेर्पा सोही ठाउँस्थित तिनचुले जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । यस्तै नुवाकोट, बेलकोटटगढी नगरपालिका-१३ घर भएका ४५ वर्षीय कृष्ण प्रसाद पाण्डे लिखु गाउँपालिका-३ सुर्यमतीस्थित घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता बर्दिया, बारबर्दिया नगरपालिका-११ जबदी बस्ने ३१ वर्षीय राम प्रसाद थारु सोही ठाउँस्थित ढोरवा खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-११ भेडाबारीस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै अछाम, रामारोशन गाउँपालिका-५ भितडा बस्ने ६५ वर्षीय दयाले रोकाया सोही ठाउँस्थित पातल जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

