सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७०० रहेकोमा सोमबार रु १ लाख ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २०० रहेकामा सोमबार प्रतितोला रु १ लाखमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्यअनुसार नै कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार