मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । दाङ, राजपुर गाउँपालिका-१ रसरे खोलास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सप्तरी, राजबिराज नगरपालिका-१२ सिङयौनस्थित कोशी नहरमा राजगढ गाउँपालिका-४ जमुवा बस्ने ३२ वर्षीय अरबिन्द कुमार मण्डल सोमबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-६ रामहिटि नजिक डेरा गरी बस्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ घर भएका ५३ वर्षीय नावाङ तेन्जी शेर्पाको कोठामा काठमाडौं महानगरपालिका-६ तेन्जीङचोक बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका-४ का ५७ बर्षीय निमा शेर्पा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएका ७८ वर्षीय भक्त बहादुर मगर गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी शिवचोक नजिक बाग्मती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङ, केराबारी गाउँपालिका-९ बेलचौरी बस्ने ३० वर्षीय राम रिसिदेव आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी लमजुङ, बेसिशहर नगरपालिका-१ उदिपुरस्थित धन्सारमा बस्दै आएका हाल एकिन नाम, थर, वतन नखुलेका ७५ वर्षीय राते लामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सप्तरी, छिन्नमस्ता गाउँपालिका-३ सखडास्थित मुगराही पोखरीमा सोही ठाउँ बस्ने २७ वर्षीय नरेश कुमार मण्डल सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार