आज कति कोरोना संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजार ४३२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५२७ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८८ हजार ९४० जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ९७५ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१६ जना पुगेको छ ।

सम्बन्धित समाचार