सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार १०० रहेकोमा मंगलबार रु १ लाख ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार