प्रधानमन्त्री प्रचण्डले दिए अर्थमन्त्रीलाई यस्तो निर्देशन

मोबाइलमा एमडीएमएस प्रणाली तत्काल लागू नहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को व्यवस्थाको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।



वैदेशिक रोजगारमा गएकाहरुले चर्को बिरोध गर्दै रेमिट्यान्स नै नपठाउने चेतावनी दिइरहेका छन् । उनीहरुले विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाइरहेका छन् । प्रधानमन्त्रीकी निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज (शुक्रबार)देखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एमडीएमएस प्रणाली लागू भएसँगै भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

 

 

सम्बन्धित समाचार