सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँबाट सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा नेपाल टी-२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर सहित ४ जना रहेका छन् । पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किङ्ग्स र पोखरा एभेन्जर्सबीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार