भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतीय आयल निगम (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढाएर पठाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिल्ऽिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगम स्रोतले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।



भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने हाल यथावत नै रहने निगमले जनाएको छ ।

सम्बन्धित समाचार