तत्कालका लागि दूधको मूल्यवृद्धि फिर्ता

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवमु राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा.गोविन्दप्रसाद शर्मासहित सरोकारवाला निकायहरूको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताए ।



केही डेरी र दूध उद्योगीहरूले यही पुस १६ गतेदेखि लागु हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित समाचार