सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बुधबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९०० रहेकोमा मंगलबार रु १ लाख २ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ४०० रहेकामा बुधबार प्रतितोला रु १ लाख २ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ४०० कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपाली बजारमा आज सुनको मूल्य यो वर्षको अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

 

सम्बन्धित समाचार