प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग अर्थतन्त्रको अवस्थाबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज(बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले देशको वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा उनीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राख्दै ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सविचालयले जनाएको छ ।



त्यस्तै छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार