नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १०० रहेकोमा बुधबार रु १ लाख २ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ६०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख २ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ३८५ कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपाली बजारमा आज सुनको मूल्य यो वर्षको अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।