यस साता कतिले बढ्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ८०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ४०० र तेजाबी सुनको मूल्य १ लाख ९०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला ९०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । हिजो (शुक्रबार) एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार एक हजार ३९५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार