सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (आइतबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ३०० रहेकोमा शुक्रबार रु १ लाख २ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख १ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ३८० कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार