पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर समान ३-३ रुपैयाँले घटाएको हो भने वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । निगमले मूल्य घटाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १८१ र डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७८ थियो ।



त्यस्तै हवाई इन्धन (आन्तरिक) को रु १७०, हवाई इन्धन (बाह्य)को एक दशमलव ४२० अमेरिकी डलर कायम भएको छ । यसअघि हवाई इन्धन (आन्तरिक) को रु १९० र हवाई इन्धन (बाह्य)को एक दशमलव ६४५ थियो । यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।

यस्तो छ मूल्यसूची :

यस्तो छ मूल्यसूची :

 

सम्बन्धित समाचार