नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।
भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउ र कानपुरकोबीच उन्नाउमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने तीनै जना नेपालीहरु कैलाली टीकापुरका हुन् । मृत्यु हुनेमा कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेका छन् । त्यस्तै एक जना भारतीय चालक पनि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो । बसको नम्बर खुल्न सकेको छैन । बसमा ६६ जना यात्रु रहेको प्ररम्भारिक जानकारी छ । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । घटनाको थप विवरण आउन बाँकी ।