नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।
सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले बुधबार पृथ्वी जयन्ती अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘वि सं २०७९ साल पुस २७ गते बुधबारका दिन पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७९/९/२५ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना :