नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ५०० रहेकोमा सोमबार रु १ लाख ३ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रहेकामा सोमबार प्रतितोला रु १ लाख ३ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा २५ रुपैयाँ घट्दै एक हजार ३६५ कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।