सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बुधबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार २०० रहेकोमा मंगलबार रु १ लाख ३ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ७०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ३ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्य अनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार