सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बिहीबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४०० रहेकोमा बुधबार रु १ लाख ३ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९०० रहेकामा बुधबार प्रतितोला रु १ लाख २ हजार ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ३६० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार