सिभिल बैंकको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न

सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा मिति २०७९ पौष २८ गते बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साधारणसभाले सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी (अनुपात– १००ः ८०.२८) प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।



उक्त साधारणसभाका सबै प्रस्तावहरु पारित गरेकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले धन्यवाद दिनुका साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गरेका थिए ।

करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्वभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

सम्बन्धित समाचार